एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, के-के छन् एजेण्डाहरु ?

लोकपथ
84
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमालेले विभिन्न एजेण्डाहरु तय गर्दै शुक्रबार र शनिबार काठमाडौंमा बस्नेगरी बैठक बोलाएको हो ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्ने कार्यसूची रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।

‘विषय : विधान महाधिवेशनको राजीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव तथा छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ । ’ उनले भने ।

बैठक असोज ८ र ९ गते तुल्सीलाल प्रतिष्ठान च्यासलमा बिहान ११ बजे बस्नेछ ।

एमाले्को विधान महाधिवेशन यहि असोज १५ देखी १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?