भारतका ५ महँगा डिभोर्स : कसले कति पैसा पाए ?

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। दुवै दक्षिण भारतीय उद्योगका प्यारा जोडीहरुमध्येका एक थिए । दुवैले छिटै सम्बन्धविच्छेद गर्न लागेका बुझिएको छ ।

उनीहरुको सम्बन्धविच्छेदका बारेमा सामाजिक सञ्जालहरुमा निकै टिका टिप्पणीहरु हुनेगरेका छन् । यद्यपि दुवैले अहिलेसम्म यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।

Here's why Samantha Ruth Prabhu and Akkineni Naga Chaitanya's marriage has hit the choppy waters | Telugu Movie News - Times of India

रिपोर्टका अनुसार सामन्था र नागा चैतन्यको वैवाहिक सम्बन्धमा दरार आउनुको कारण अभिनेत्रीको उनको करियरप्रतिको माया हो। विवाहपछि पनि सामन्थाले फिल्महरुमा बोल्ड दृश्यहरु खिचिरहेकी छिन्, जुन उनका ससुरा नागार्जुनलाई मन पर्दैन थियो। भारतीय सञ्चार माध्यमहरुका अनुसार सामन्थाले सम्बन्ध विच्छेदको लागी ५० करोड भारुको माग गरेकी छिन् ।

उनले माग गरेको उक्त रकम अहिले सामाजिमक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । भारतीय फिल्म इन्डस्ट्रीमा भने सम्बन्धविच्छेदको लागी मोटो रकमको माग गर्नु सामान्य कुरा हो । आज हामी भारतीय फिल्म इन्डस्ट्रीमा सबैभन्दा महँगो सम्बन्धविच्छेदको बारेमा चर्चा गर्नेछौँ ।

ऋतिक रोशन र सुजैन खान

ऋतिक र सुजैनको सम्बन्ध विच्छेद भारतको मात्र नभई विश्वकै सबैभन्दा महँगो डिभोर्समध्ये एक मानिन्छ । दुबैको सन् २००० मा बिहे भएको थियो । अरु अफियर चलेका कारण यो जोडीले सम्बन्धविच्छेद गरेका थिए ।

ऋतिक और सुजैन

डिभोर्सपछि सुजैन खानले ४०० करोड रुपैयाँ माग गरेकी थिइन्, जसमध्ये ३८० करोड उनीहरुलाई दिइएको थियो । यद्यपि दुवैले पछि विवाह गरेका छैनन्।

सैफ अली खान र अमृता सिंह

विवाह जस्तै सैफ र अमृताको सम्बन्धविच्छेदले पनि धेरै हेडलाइन बनायो। आफूभन्दा १३ वर्ष जेठी अमृतासँग विवाह गरेको १३ वर्षपछि सैफले उनीबाट अलग हुने निर्णय गरेका थिए ।

सैफ, अमृता

एक कार्यक्रममा सैफले भनेका थिए डिभोर्सको समयमा ५ करोड दिने तय भएको थियो, त्यतिबेला मसँग त्यति पैसा थिएन । मैले २.५ करोड दिएको थिए । त्यसपछि बाँकी रकम किस्तामा तिरे । डिभोर्सको धेरै वर्षपछि सैफले करीना कपुरसँग विवाह गरेका थिए ।

करिश्मा कपुर र सञ्जय कपूर

करिश्मा कपूरको विवाहको ११ वर्षपछि सन् २०१६ मा सञ्जय कपूरसँग सम्बन्धविच्छेद गरेकी थिइन् । सञ्जयसँग सम्बन्ध विच्छेद भएपछि करिश्माले मुम्बईको खार क्षेत्रमा एउटा घर र बच्चाहरुका लागि १४ करोड पाएकी थिइन् । बिजनेसमैन सञ्जयले करिश्मालाई हरेक महिना १० लाख रुपैयाँ तिर्ने गरेका छन् ।

करिश्मा कपूर, संजय कपूर

यो पैसा उनीहरुका दुई सन्तानको हेरचाहमा खर्च गर्ने गरेकी छिन् । सञ्जयको परिवारले विवाहको समयमा करिश्मालाई दिएको गहना पनि उनीबाट फिर्ता लिएका थिए।

आदित्य चोपडा र पायल खन्ना

आदित्य चोपडाले आफ्नो बचपनको साथी पायल खन्नासँग विवाह गरेका थिए। आदित्यले आफ्नी पत्नी पायलसँग सम्बन्धविच्छेद गर्न ५० करोड रुपैयाँ तिरेका थिए।

आदित्य चोपड़ा, रानी मुखर्जी, पायल खन्ना

आदित्यको डिभोर्स पनि भारतको सबैभन्दा महँगा तलाकमध्ये एक बन्यो। पछि आदित्यले रानी मुखर्जीसँग विवाह गरे। रानी र आदित्यको विवाह इटालीमा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?