काठमाडौं । देशका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परी ३ जनामो मृत्यु भएको छ ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-२ बरगाछीस्थित कोशी राजमार्गमा को. ३० प ६२१७ नम्बरको स्कुटरलाई को. २ त ५३१७ नम्बरको ट्याक्टरले बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीया निरा प्रधानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरी, बर्जु गाउँपालिका(२ टेङ्ग्रा खोलास्थित सडकमा को. १८ प २७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खसेर बुधबार राति दुर्घटनामा हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका(५ बस्ने २८ वर्षीय राजेश यादबको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी तनहुँ, ऋषिङ गाउँपालिका(६ ढुङ्गा गाडेस्थित सडकमा ग।१ त ५४७८ नम्बरको टयाक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हँदा ट्याक्टर चालक ब्यास नगरपालिका(१० बैरेनी बस्ने करिब २० वर्षीय लोक बहादुर बोटेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया