एकीकृत समाजवादीले लगायो पदाधिकारीको टुंगो, झाँक्रीसहित ४ जना सचिव (नामावलीसहित)

लोकपथ
140
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले पार्टी संरचना निर्माणलाई तीव्रता दिएको छ । सोही क्रममा नेकपा एसले पार्टी पदाधिकारीको टुंगो लगाएको छ ।

मंगलबारदेखि केन्द्रीय राजधानी काठमाडौंमा जारी बैठकले पार्टीको महासचिवमा बेदुराम भुसाललाई चयन गरेको छ । भने अन्य ४ जनालाई उपाध्यक्षमा नियुक्त गरेको छ । जसमा राजेन्द्र पाण्डे, जयन्ती राई, प्रमेश हमाल र धर्मनाथ शाह रहेका छन् । एसले उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल रहेका चयन गरेको छ ।

त्यसैगरी एसको सचिवमा रामकुमारी झाँक्रीसहित ४ जना रहेका छन् । झाँक्रीसहित जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरीलगायत सचिवमा चयन भएका छन् ।

उनीहरुको नाम चयन भए पनि केन्द्रीय कमिटीबाट अनुमोदन हुन भने बाँकी रहेको छ । सम्भवतः आजै सबैको नाम अनुमोदन हुने बताइएको छ ।

गत भदौ ९ गते निर्वाचन आयोगले एसलाई आधिकारीकता दिएसँगै पार्टीको संरचना निर्माणको कामलाई तिव्रता दिइएको थियो । सोही प्रयोजनको लागि असोज ५ गते मंगलबारबाट पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?