नेकपा एसको महासचिवमा बेदुराम भुसाल

लोकपथ
392
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिवमा डा.बेदुराम भुसाल नियुक्त हुने भएका छन् । एकीकृत समाजवादीको बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।

केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेस गरेर डा. भुसाललाई महासचिव घोषणा गर्ने एक नेताले लोकपथलाई बताए । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?