सुनचाँदीको मूल्य घट्यो, कति छ आजको बजारभाउ ?

लोकपथ
468
Shares

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

आज छापवाला सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार १ सय सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन ८९ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार १५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी एक हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?