महिलाको शंकास्पद मृत्युु, सासु प्रहरी नियन्त्रणमा

रौतहट, ४ वैशाख । रौतहटमा एक महिलाको शंकास्पद मृत्युु भएको छ । कटहरिया नगरपालिका–१ हर्षाहाटोलका मुुकेश चौरसियाकी श्रीमती २५ वर्षीया सीमादेवीको शव घरभन्दा करीब २ सय मिटर उत्तरतर्फको खेत आली छेउमा आज बिहान बरामद भएको प्रहरीले जनाएको छ ।उनको मृत्युुको कारण खुल्न नसके पनि घटना अति नै शंकास्पद रहेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।थप अनुसन्धान तथा सोधपुुछका लागि सीमाकी सासू रम्भादेवीलाई नियन्त्रणमा लिइएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।मुुकेश पछिलो चार महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएको पीडित परिवारले जनाएको छ । सीमाका घरमा सासू र एक दृष्टिविहीन ससुुरा छन् ।बिहान एक छिमेकीले आएर सीमा घर छेउका खेतमा मृतावस्थामा रहेको बताएपछि जानकारी भएको मृतककी सासू रम्भादेवीले बताइन् ।जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले शव परीक्षणको प्रतिवेदन नआएसम्म केही बताउन नसकिने बताए । सीमाको तीन वर्षअघि बिहे भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?