एसेन्सियोको ह्याट्रिकमा रियलले वर्षायो मालोर्काको पोस्टमा आधा दर्जन गोल

लोकपथ
143
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा रियलले मालोर्कालाई ६-१ गोल अन्तरले पराजित गरेको छ ।

रियललाई जित दिलाउन मार्को एसेन्सियोले ह्याट्रिक गरे । त्यस्तै, करिम बेन्जिमाले दुई तथा इस्कोले एक गोल गरे ।
मालोर्काका काङ्ग लीले एक गोल फर्काए ।

Image

जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ६ खेलमा १५ अंक जोडेको छ । मालोर्का ८ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?