प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक पारित गर्ने कार्यसूची

लोकपथ
147
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।

यसअघिको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका विच विनियोजन विधेयक, २०७८ पारित गरिसकेको छ ।

नेकपा (एमाले) ले कारबाही गरेका १४ जना सांसदहरुको सूचना सभामुखले टाँस गर्नुपर्ने माग राख्दै एमालेले संसदमा अवरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?