अवैध लागुऔषध बिक्री गर्ने औषधि पसलका सञ्चालक पक्राउ

लोकपथ
112
Shares

दाङ । अवैध लागुऔषध बिक्री वितरण गरेको भन्दै तुलसीपुरबाट प्रहरीले एक औषधि पसलका सञ्चालकलाई आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका – ८ दुधेना घर भई हाल तुलसीपुर उपमहानगरपालिका – ५ बसपार्कमा फ्युजन हेल्थ केयर औषधि पसल सञ्चालन गर्दै आएकी ४० वर्षीय तिलाकुमारी सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सुनारले अवैध लागुऔषध बिक्रीवितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको हो । निजको साथबाट प्रहरीले एक लाख १६ हजार ८५० रुपैयाँ नगद, प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट, एन्टिटीसिभ ट्याब्लेट, एन्टीकोफ ट्याब्लेटलगायत विभिन्न कम्पनीका तीन हजार ४९० वटा लागुऔषध ट्याब्लेट र छ वटा मोबाइल बरामद गरेको पनि तुलसीपुर प्रहरी प्रमुख अर्यालले जानकारी दिए । पक्राउ परेका सुनारविरुद्ध आवश्यक कारवाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?