वानेश्वरमा गौचन हत्या प्रकरणः पेस्तोलसहित तीन पक्राउ

काठमाडौ, २३ असोज— नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आशंकामा तीनलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा छिरिङ, तामाङ, सञ्जय तामाङ र दीलिप लामा रहेका छन् । उनीहरु राजधानीको जोरपाटीबाट पक्राउ परेका हुन् । पक्राउ पर्ने सबै काभ्रेको रोशी नगरपालिका ४ का स्थायी बासिन्दा भएको बताइएको छ |प्रहरीले उनीहरुको साथबाट तीन राउण्ड गोली र ह्याण्ड मेड पेस्तोल बरामद गरेको छ ।प्रहरीले उनीहरु नै गौचनको हत्यामा संलग्न रहेको दाबी गरेको छ । गौचनलाई आज दिउँसो नयाँ वानेश्वरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?