क्रिकेटर विनोद भण्डारीले गरे सञ्चारकर्मी सोनिकासँग इन्गेजमेन्ट

लोकपथ
889
Shares

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनिका अर्यालसँग इन्गेजमेन्ट गरेका छन् ।

आज काठमाडौंमा पारिवारीक समारोहका बिच इन्गेजमेन्ट गरेका हुन् । उनीहरु प्रेम सम्बन्धमा रहेका थिए । सोनिका ग्यालेक्सी फो के टेलिभिजनमा कार्यरत छिन् ।

भण्डारी नेपाली टिम आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएका थिए । ओमान भ्रमणबाट फर्किएलगत्तै उनीहरुबीच इन्गेजमेन्ट भएको हो । विवाह भने दशैँमा गर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?