दिनभरमा देश विदेशमा के-के भए ? हेर्नुहोस् आजका टप १५ हेडलाइन्स (भिडियोसहित)

लोकपथ
126
Shares

१) नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ९ सय ३० जनाको परीक्षणमा थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि १ हजार ६ सय ३० जना संक्रमणमुक्त, ६ जनाको मृत्यु

२ नवनियुक्त परराष्ट्रमन्त्री खड्काद्वारा पद तथा गोपनियताको शपथ, आजै पदभार ग्रहण, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै

३ पार्टीबाट केही कुहिएका पात झरेका एमाले अध्यक्ष ओलीको भनाइ, अदालतले फैसला गरे नेकपा एस पार्टीले मान्यता नपाउने टिप्पणी
४ ललिता निवास जग्गा प्रकरणमा आफू निर्दोष रहेको विजयकुमार गच्छदारको स्पष्टोक्ति, राजनीतिक पूर्वाग्रहले आफूलाई फसाउन खोजेको आरोप

५ नेकपा एमालेले भोलि पनि संसद् अवरोध गर्ने, सत्तापक्षले सहमतिका लागि पहल गरे सकारात्मक रुपमा अगाडि बढ्ने एमाले कार्यलय सचिव तामाङको भनाइ

६ नेकपा विप्लव समूहको नवौँ महाधिवेशन फागुनमा गर्ने केन्द्रीय समिति बैठकको निर्णय, एमसीसीविरोधी शक्तिहरूसँग सहकार्य गर्ने
७ चुनावपछि पनि वाम– लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको बाचा, देउवा नेतृत्वको सरकारमा छिट्टै सहभागी हुने भनाइ

८ नेपालको चालू आर्थिक वर्ष ७८÷७९ को आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने एसियाली विकास बैंकको प्रक्षेपण, कोरोनाको घट्दो क्रम र आर्थिक गतिविधिमा भएको सुधारले आर्थिक वृद्धिमा सहयोग पुग्नेमा एडीबीको विश्वास

९ कार्यालयमा वडाध्यक्ष नभेटिएपछि सुर्खेतमा एक युवकले गरे पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी, महत्वपूर्ण कागजातसहित फर्निचर जलेर नष्ट, घटनाबारे अनुसन्धान हुँदै

१० सेयर बजारमा हरियाली, नेप्से १ सय ४ दशमलव ८८ अंकले बढ्दा कारोबार रकम भने ६ अर्बमा खुम्चियो, फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

११ आजबाट साहस ऊर्जाको आईपीओ बिक्री खुला, न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि असोज १० गतेसम्म आवेदन दिन सकिने

१२ चीनसँग शीतयुद्धका लागि अमेरिका तयार, दुई ठूला शक्तिराष्ट्रबीचको मतभेद विश्वकै लागि खतरा भएको विज्ञको दाबी

१३ भारतीय प्रधानमन्त्री मोदी तीन दिनका लागि अमेरिका भ्रमणमा, संयुक्त राष्ट्रसंघको महासभा र क्वाड शिखर सम्मेलनमा भाग लिने, बाइडेनसँग पनि भेटवार्ता गर्ने तालिका

१४) चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न रिचर्ड लेभी नेपाल आइपुगे, ९ गतेबाट सुरु हुने ईपीएलमा पोखरा राइनोजबाट खेल्ने

१५) र मेस्सीलाई पछि पार्दै रोनाल्डो बने सर्वाधिक कमाउने फुटबल खेलाडी, नेयमार तेस्रो र एमबाप्पे चौथो स्थानमा

https://www.facebook.com/lokpath/videos/1644385419226161

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?