मनिलाका मेयरद्वारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा

लोकपथ
105
Shares

काठमाडौं । फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उनले बुधबार औपचारिक गरेका हुन्। उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक र्‍याली निकालेका थिए ।

नगरपालिका भित्रको अति गरिव क्षेत्रमा निकालिएको र्‍यालीपछि आयोजित घोषणासभामा उनले आफू विजयी हुने दाबी गरे।

लोकप्रिय युवा राजनीतिज्ञ डोमागोसोले सवैको साथले आफू विजयी हुने र सरकारलाई पनि सवै मिलेर सफल बनाउने विश्वास व्यक्त गरे।

राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने उनी तेस्रो नेता हुन् । यसअघि सिनेटर मन्नी पाक्वीयो र पान्फीलो लाक्सोनले पनि राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?