कांग्रेस महाधिवेशन : बेलकोटगढीको नगरसभापतिमा प्यानलसहित मुडभरीको उम्मेदवारी घोषणा

लोकपथ
5.6k
Shares

नुवाकोट । जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै पालिका अधिवेशनको चटारो देखिएको छ ।

सोही क्रममा जिल्लाको बेलकोटगढी नगरपालिकामा सभापतिका लागि आकांक्षीहरुले उम्मेदवारी घोषणा गरेका छन् ।
गत भदौ २१ गते सबै वडामा अधिवेशन सम्पन्न भएसँगै नेता कार्यकर्ताहरु पालिका अधिवेशनका लागि तयारीमा जुटेका थिए ।

यसैक्रममा बेलकोटगढी(३ का कांग्रेस युवा नेता लेखनाथ मुडभरीले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार छलफलपछि नेता मुडभरीले सभापतिमा उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।

मुडभरीको प्यानलबाट उप सभापतिमा दुर्लभबहादुर तमाङ र दुर्गा बहादुर पुडासैनी रहेका छन् । सचिवमा हर्क बहादुर तामाङ प्रेम प्रसाद लामिछाने तथा सहसचिव राजुमान लामा अर्जुन प्रसाद दाहाल लगायतले प्रतिस्पर्धा गर्दैछन् ।

सोही क्रममा बेलकोटगढी १३ का क्षेत्रीय सदस्य रहेका नेता कृष्णप्रसाद पाण्डेले उम्मेदवारी घोषणा गरिसकेको छ । आगामी असोज ९ गते हुने नगर अधिवेशनमा मुडभरी र पाण्डेको प्रतिस्पर्धा हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?