सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

लोकपथ
119
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज (बुधबार) बस्ने भएको छ । गठबन्धन बैठक साँझ साढे पाँच बजे बालुवाटारमा बस्ने भएका हो ।

आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ । आज माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ । कांग्रेसको पदाधिकारी बैठक पनि बसेको छ । नेकपा एकीकृतको केन्द्रीय समिति बैठक पनि जारी छ ।

कांग्रेसको पदाधिकारी, माओवादी केन्द्रको स्थायी समिति र एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकेर गठबन्धनको बैठक बस्न लागेको हो ।

गत असार २९मा प्रधानमन्त्री बनेका देउवाले ६ जना मन्त्रीमण्डलले सरकार चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?