नेपालमा कोरोना : २१ हजार सक्रिय संक्रमित, कस्तो छ पछिल्लो तथ्यांक ? (विवरणसहित)

लोकपथ
98
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभर कुल १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा १ हजार २ सय ५१ जनाको पीसीआर र २ सय २७ जनाको एन्टीजेन पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७७ हजार ४ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५५ हजार ६ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ६ सय ३० जना कोरोना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५९ पुगेको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमी आएको छ । हाल नेपालमा २१ हजार १ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?