काठमाडौँ, ४ बैशाख-विदेशी स्टिल र आल्मुनियममा अमेरिकाले गत महिनादेखि भन्सार शुल्क लगाउन थाल्यो ।आजको कान्तिपुर दैनिक लेख्छ-लगत्तै चीनले पनि अमेरिकाबाट आफ्नो देश भित्रिने मासु, फलफूल, वाईनजस्ता १ सयभन्दा बढी सामानमा भन्सार शुल्क लागाउने निर्णय गर्यो ।दुबै देशले एकअर्काका ५० अर्ब डलर बराबरको सामानमा भन्सार शुल्क लागाउने तयारी गरिरहेका छन् ।अर्थशास्त्रीहरु चीनबाट आयात हुने सामानमा भन्सार शुल्क लागाउने निर्णयले अमेरिकाको समग्र अर्थतन्त्रमा धेरै असर नपार्ने बताउँछन् । तर, यसले देशैभर सबै खाले वस्तुको मुल्य बढ्ने उनीहरुको अनुमान छ ।अमेरिकी कृषि, उड्ययन र उत्पादन उद्योगमा चीनसँगको व्यापार विवादको भने ठूलो प्रभाव पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया