सेयर बजारमा तेहेरो अंकको वृद्धि, फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

लोकपथ
169
Shares

काठमाडौं । आज (बुधबार) सेयर बजारमा रौनकता देखिएको छ । आज सेयर बजारमा तेहेरो अंकको वृद्धि भएको छ । सेयर बजार बढेसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् ।

आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६.९५ बिन्दुमा पुगेको छ । आज नेप्से ३.८७ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १९.४७ अंकले बढेर ५२८.१० बिन्दुमा पुगेको छ ।

आज कुल २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर खरिदबिक्री गर्दा ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ । मंगलबार ८ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ रुपैयाँको कारोबार भएको भएको थियो ।

आज कुल १३ उपसमूहमा १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ । आज फाइनान्स, विकास बैंक, र हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आज फाइनान्स समूहको सेयर मूल्य ८.५४ प्रतिशतले बढेको छ । त्यसैगरी, विकास बैंक समूहको सेयर मूल्य ७.७४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको सेयर मूल्य ५.५७ प्रतिशतले बढेको छ । त्यसैगरी, बुधबार १३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?