काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा प्रकरणबारे सार्वजनिक कार्यक्रममा धारणा व्यक्त गरेका छन् ।
बुधबार (आज) काठमाडौंको मुलपानीमा पत्रकार सम्मेलन गरी उपसभापति गच्छदारले ललिता निवासको सरकारी जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताए ।
उपसभापति गच्छदारले उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोध साँधेको बताए ।
पत्रकार सम्मेलनमा उनले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले षड्यन्त्र गरी फसाएको आरोप लगाए ।
‘छानीछानी मुद्दा चलाइएको छ । काखा र पाखा गरिएको छ । राजनीतिक पूर्वाग्रहका आधारमा मेरो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भएको छ ।’
त्यस्तै आफूले व्यक्तिगत लाभ उठाउनका लागि कुनै कसुर नगरेको बताए । गच्छादारले भने, ‘मैले व्यक्तिगत रुपमा लाभ लिएर नेपाल सरकारलाई हानी पुर्य एको अवस्था छैन’।
त्यसैगरी गच्छदारले अख्तियारले छानीछानी मुद्दा चलाउने काम गरेको पनि आरोप लगाएका छन्। उनले भने, ‘उन्मुक्ति दिन नपर्नेलाई उन्मुक्ति दिएको छ, राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भएको छ’ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया