गोरुको आक्रमणबाट १ जनाको मृत्यु

लोकपथ
161
Shares

काभ्रे । काभ्रेमा गोरुको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

पाँचखाल नगरपालिका-६ ढुंगानाबेसी बस्ने ७० वर्षीय पदम बहादुर खडकाको बहर गोरुको आक्रमणबाट मंगलबार साँझ मृत्यु भएको हो ।

आफ्नै घरको गोठमा पालेको बहर गोरुले अचानक हान्दा गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?