नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए शपथ

लोकपथ
559
Shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन् । बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई पद तथा गोपनियताको शपथग्रहण गराएकी हुन् ।

खड्कलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त मन्त्री खड्काले आजै पद तथा गोपनियताको शपथ लिनेछन् । भने संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री खड्का आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेका छ । खड्का यसअघि पनि सहरी विकास मन्त्री भइसकेका छन् ।

गत असार २९ गते गठन भएको देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन । हाल देउवाको मन्त्रीमण्डलमा प्रधानमन्त्री देउवासहित ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?