७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, १०५.६० अंकले बढ्यो नेप्से

लोकपथ
351
Shares

काठमाडौं । आज (बुधबार) सेयर बजारमा रौनकता देखिएको छ । कारोबार खुलेको २ घण्टा बित्दा सेयर बजारमा तेहेरो अंकको वृद्धि देखिएको छ । सो अवधिसम्म ७ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेका अनुसार श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मल्तिपपर्स फाइनान्स, साइन रेसुंगा डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हिमालयन उर्जा विकास कम्पनी, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १०५.६० अंकले बढेर २८१७.६६ अंकमा पुगेको छ । यो अवधिमा ३ अर्ब ५५ करोड १९ लाख ६४ हजार रुपैयाँको कारोबार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?