ईपीएल खेल्न रिचर्ड लेभी नेपाल आइपुगे

लोकपथ
182
Shares

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्न दक्षिण अफ्रीकाका रिचर्ड लेभी नेपाल आइपुगेका छन् ।

लेभीले दोस्रो सिजन पोखरा राइनोजबाट खेल्न लागेका हुन् । लेभीले तेस्रो संस्करण समेत पोखराबाट खेलेका थिए ।

चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टीयू क्रिकेट मैदानमा सुरु हुनेछ ।

उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स-११ विरुद्ध खेल्नेछ । दक्षिण अफ्रीकाबाट टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका लेभीले इन्डियन प्रिमियर लिग समेत खेलिसकेका छन् ।

लेभीले दक्षिण अफ्रिकाबाट १३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले मुम्बई इन्डियन्सबाट आईपीएल खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?