राष्ट्रपति भण्डारीद्वारा परराष्ट्रमन्त्रीमा खड्का नियुक्त (पत्रसहित)

लोकपथ
663
Shares

काठमाडौं । परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेकी हुन् ।

खड्कलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त मन्त्री खड्काले आजै पद तथा गोपनियताको सपथ लिनेछन् । भने संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री खड्का आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेका छ । खड्का यसअघि पनि सहरी विकास मन्त्री भइसकेका छन् ।

गत असार २९ गते गठन भएको देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन । हाल देउवाको मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवासहित ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?