सिन्धुपाल्चोकमा कांग्रेस महाधिवेशन : बफेलीमा महिला संघकी अध्यक्ष नेपालले च्यातिन् माइन्युट

लोकपथ
532
Shares

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ मा आज भइरहेको कांग्रेसको निर्वाचनमा महिला संघकी अध्यक्ष गीता नेपालले माइन्युट च्यातेर हिँडेकी छिन् ।

आफूलाई हराउन भन्दै केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले एकाइ सभापति कृष्णभक्त नेपाललाई प्रयोग गरि विधानविपरीत कार्य गरेपछि नेपालले निर्वाचनको माइन्युट च्यातेकी हुन् ।

विधानत ५ बजेपछि निर्वाचन प्रक्रिया गर्न नमिल्ने व्यवस्था हुँदाहुँदै निर्वाचन अधिकृतलाई एकाइ सभापतिले दबाब दिएपछि मंगलबार अपरान्ह ५ बजेपछि निर्वाचन प्रक्रिया सुरु गरिएको थियो ।

विधानसम्वत अधिवेशन नभएको भन्दै माइन्युट च्यातेका नेपालले बताइन् । राजनीतिमा महिला सहभागिता एकदमै कम रहेको समयमा सिन्धुपाल्चोकमा मंगलबार भएको कांग्रेस अधिवेशनमा धेरै ठाउँमा महिला प्रतिनिधिबीच निर्वाचन गराइएको छ ।

बलेफी ५ मा पनि गीतालाई हराउन उनकै दाजु कृष्णभक्त नेपाल प्रयोग गरिएको गीताको दाबी रहेको छ। निर्वाचन गर्ने भए सबै पदमा गरौ नत्र महिलामा मात्रै किन भन्दा भन्दै उक्त वडामा नेपाललाई हराउनकै लागि निर्वाचन गरिएको थियो।

उक्त प्रक्रियाको अन्त्य नहुँदै नेपालले माइन्युट च्यातेकी छिन् । नेपालले माइन्युट च्यातेपछि उक्त वडामा ६ बजेपछि पुन मतदान गरिएको थियो। जिल्ला निर्वाचन अधिकृतलाई उक्त स्थानको निर्वाचन स्थगित गराउन भने पनि जबरजस्ती एकलौटी रुपमा मतदान भएको नेपालले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?