विप्लव समूहको नवौँ महाधिवेशन फागुनमा, एमसीसीविरोधी शक्तिहरूसँग सहकार्य गर्ने

लोकपथ
234
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहको केन्द्रीय समिति बैठकले आगामी फागुनमा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

तनहुँको बन्दीपुरमा बसेको सो समूहको केन्द्रीय समितिको ११औं बैठकले जनयुद्ध दिवसको अवसर पारेर आगामी फागुनमा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनअघि मंसिर ८ गते काठमाडौंमा सभा तथा प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै, बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीविरोधी सबै शक्तिहरूसँग सहकार्य गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?