परराष्ट्रमन्त्री नियुक्तिमा पौडेल पक्षको असन्तुष्टि, बोलायो बैठक

लोकपथ
1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेसँगै नेपाली कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ ।

सोही विषयमा छलफल गर्न आजै कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दै छ ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले आज दिउँसो मन्त्रीका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । तर देउवाले आफूखुसी पार्टीमा छलफल नै नगरी मन्त्रिपरिषद् विस्तार गरेको भन्दै पौडेलले असन्तुष्टि जनाएको छ ।

सभापति देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् भने पौडेल पक्षको बैठक १ बजे नै महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बैठक बस्दै छ ।

परराष्ट्र मन्त्रीमा पौडेल पक्षका नेताहरुको समेत दाबी रहेका बेला देउवाले आफूनिकट नेतालाई मन्त्री बनाएका हुन् ।

२०७२ सालमा कांग्रेस माओवादीको संयुक्त सरकार भएका बेला सहरी विकास मन्त्री रहेका खड्का आजै शपथ ग्रहणपछि संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?