मैलुङ खोलाको आईपीओको पहिलो कारोबार कतिमा खुल्यो ?

लोकपथ
1.5k
Shares

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार भएको छ। कम्पनीको आईपीओको पहिलो कारोबार १८६.५० रुपैयाँमा भएको छ ।

कम्पनीको आईपीओ मंगलबार नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको आईपीओलाई न्यूनतम ९५.७५ रुपैयाँदेखि २८७.२५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । नेप्सले कम्पनीलाई एमकेजेसी ‘MKJC’ सिम्बोल प्रदान गरेको छ।

नेप्सेमा मैलुङ खोला जलविद्युतको कुल ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारणलाई बिक्री गरिएको ७ लाख ३६ हजार २८६ कित्ता, आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिएको ३ लाख ३८ हजार १४४ कित्ता र संस्थापक समूहको २५ लाख ७७ हजार कित्ता रहेका छन्।

कम्पनीले साउन १४ गतेबाट साउन १९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँबराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?