बुधबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

लोकपथ
247
Shares

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।

आज छापवाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेर ९० हजार १ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन ८९ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?