परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त, आजै शपथ

लोकपथ
130
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा कांग्रेस नेता डा. नारायण खड्कालाई नियुक्त गरेका छन् ।

बुधबार खड्का परराष्ट्रमन्त्री भएको पत्र राष्ट्रपति कार्यालय पठाइएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले लोकपथलाई जानकारी दिए ।

त्यस्तै आज नै सरकारले पठाएको पत्र राष्ट्रपति कार्यालयले सदर गरी शपथग्रहणको तयारी गरिने देउवाले बताए । यसअघि पनि खड्का २०७२ सालमा कांग्रेस एमालेको संयुक्त सरकारमा सहरी विकास रहेका थिए ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिरहेका छैनन् । हाल देउवाको मन्त्रीमण्डलमा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित ३ जना मन्त्रीहरु रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट २ मन्त्रीहरु रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?