प्रमोद खरेलको ‘आज मेरो दिल जलेर’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
70
Shares

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । फर्पिङको रमणीय स्थानहरुमा छायांकन भएको गीतको भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ ।

आज मेरो दिल जलेर बोलको गीतलाई रवी प्याकुरेल अञ्जानले लेखेका हुन् उनले यसअघि देश भक्ति झल्कने विभिन्न गीत समेत लेखिसकेका छन् साहित्य लेखनमा समेत राम्रो दख्खल राख्ने प्याकुरेलका विभिन्न गजल संग्रह समेत बजारमा आइसकेका छन् । दिल जलेर बोलको गीतलाई राज कुमारले संगीत गरेका हुन् ।

उक्त गीतको भिडियोमा विक्रम बुढाथोकी,चाँदनी सिल्या र प्रिन्सले अभिनय गरेका छन् । भिडियो एक्का कम्पनी अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

https://www.youtube.com/watch?v=w0tjPJ6UKLI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?