१३ जेष्ठ २०८०, शनिवार

यी १५ प्रेरक भनाइ, जसले तपाईँको जीवन परिवर्तन गर्न सक्छ !

२०७८,आश्विन,६,बुधबार ११:२०

495
Shares

काठमाडौं । जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ जो निरन्तर आफ्नो लक्ष्य प्राप्तिको खटिरहेका हुन्छन् । मानिस हरेक समय ऊर्जाशील जीवन जिउने अभिलाषा राख्ने गर्छ । तर जीवन सधैँ सोचेजस्तो भइदिँदैन। त्यसो हुँदा मानिसहरु तनावमा पनि रहने गर्दछ । हामी आज तपाईलाई विभिन्न महान व्यक्तिहरुको प्रेरक भनाइहरु प्रस्तुत गर्न गइरहेका छौँ । केही प्रेरक भनाइ जसले तपाईंको जीवनमा परिवर्तन ल्याउन सक्छ ।

१. यदि सफलतम जीवन जिउनु छ भने, हामीले असफलताको भय त्याग्नु पर्दछ ।

२. जीवनलाई ‘भागेर’ होइन ‘भोगेर’ जिउनुपर्दछ ।

३. आफूलाई अरुजस्तो बनाउन खोजेर तिमी ‘आफ्नै’ अस्तित्वको हत्या नगर । तिमी फरक छौ, तसर्थ तथ्यपरक छौँ ।

४. बदला लिएर होइन बदलिएर देखाऊ, दुनियाँ फरक पाउनेछौ ।

५. हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।

६. यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।

७. जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन् ।

८. असम्भव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।

९. हामी त्यही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउँछ ।

१०. अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन । आफूले आफ्नाबारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।

११. त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।

१२. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।

१३. यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।

१४. एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोस्राे खुलेको हुन्छ ।

१५. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरताप्रति छ ।

प्रकाशित मिति: २०७८,आश्विन,६,बुधबार ११:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं उपत्यकाको उत्तरी भेगमा पर्ने तारकेश्वर नगरपालिकाको धार्मिक र ऐतिहासिक महत्व बोकेको पुरानो नेवारवस्ती मनमैजुमा रहेको मन्दिरमा एतिहासिक मनमैजु अजिमा

काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये किराँत-लिच्छवीकालदेखि सुरु भएको भनिएको काठामाडौंको हाँडीगाउँ (नर:)मा गहना खोज्ने जात्रा (तिसा: मालिगु जात्रा) अरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११