८ कार्तिक २०७८, सोमवार

कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने

२०७८,आश्विन,६,बुधबार ०९:४८


भजनी । हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ ।

पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै पुलको मर्मत गर्दा आवागमन नहुने बताएको छ ।

मङ्गलवारदेखि मर्मत सुरु गरी यही असोज २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हुनाले सो अवधिमा आवागमन कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए । यस वर्ष कर्णाली नदीमा पानीको बहाव धेरै हुँदा पूर्वतर्फका दुई स्पान जोड्ने भाग करिब छ इन्च जति छुट्टिएका थिए । पुलको स्पान फाटेको हुँदा यस वर्ष दुईपटक सर्वसाधारण तथा गाडी आवागमनमा बन्द गरिएको थियो । कर्णालीमा पुल निर्माण भएदेखि नै पूर्वतर्फको क्षेत्रमा पानीको बहाव बढी हुने भएकाले तटबन्ध वर्षेनी भत्कने गरेको थियो ।

तटबन्ध बगाउन सक्ने भन्दै विगतका वर्षदेखि नै पुलको पूर्वतर्फ दुईवटा पिलर थप्नका लागि पहल गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासी जीतबहादुर चौधरी बताउछन् । यस वर्ष जेनतेन पुल जोगाउने काम भएको जनाउँदै आगामी हिउँदमा कर्णालीको बीच भागमा रहेको बालुवा र ग्राभेल रहेको भाग हटाएमा पानीको बहाव फैलिन गई पुलमा क्षति कम हुने स्थानीय सर्पराज साउदले बताए ।

यस वर्ष पारीपट्टिको भागमा ठूलो ढुङ्गा हाल्ने काम भएकाले पुलको संरक्षण भएको थियो । विसं २०७१ मा निर्माण भएको १३ स्पान रहेको उक्त पुलको लम्बाइ ५३१ मिटर छ ।

प्रकाशित मिति: २०७८,आश्विन,६,बुधबार ०९:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोराही । सामुहिक बलात्कारको भिडियो बनाउने तीन जना पक्राउ परेका छन् । महिलालाई प्रलोभन र प्रभावमापारी प्रेम गरेको नाटक गरेर

काठमाडौं । अमेरिकाबाट आज १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । अमेरिकाले नेपालाई अनुदानमा दिने

श्वास प्रश्वास सम्बन्धी देखिने एलर्जीक राइनाइटिसको समस्या अहिले बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । वायुमण्डलमा भएका विभिन्न किसिमका प्रदूषण देखि

कास्की । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका – ६

ताजा समाचार

थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९
एक वर्षपछि घर निर्माणका लागि सम्झौता
 २०७८,कार्तिक,८,सोमवार ०८:०४
विद्यार्थी खोज्दै विद्यालय
 २०७८,कार्तिक,८,सोमवार ०७:५४
धानबालीमा सवा आठ अर्बको क्षति
 २०७८,कार्तिक,८,सोमवार ०७:३७
हेर्नुहोस् आजको राशिफल
 २०७८,कार्तिक,८,सोमवार ०७:३२