नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त

लोकपथ
364
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएपछि राजकुमार क्षेत्रीले महानिर्देशकको जिम्मेवारी पाएका छन् ।

अनिवार्य अवकास पाउन लागेका पोखरेलले मंगलवार साँझ पदबाट राजीनामा दिएसँगै क्षेत्रीलाई निमित्त महानिर्देशकमा नियुक्त गरिएको हो । क्षेत्री प्राधिकरणमा उपमहानिर्देशकको जिम्मेवारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?