८ कार्तिक २०७८, सोमवार

कागबेनीमा श्रद्धालुको भीड

२०७८,आश्विन,६,बुधबार ०८:०६


गलेश्वर । यही असोज ५ गतेदेखि यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजन पुग्न थालेका छन् ।

तीन वर्षअघिसम्म सोह्र श्राद्ध लागेपछि दैनिक हजारौँको सङ्ख्यामा मुक्तिनाथ र कागबेनी पुगेर श्राद्ध गर्न भक्तजनको भीड लाग्ने गरेकामा दुई वर्षयता कोरोना सङ्क्रमणका कारण स्थानीय प्रशासनले मुस्ताङ प्रवेशमा कडाइ गरेपछि भक्तजनको सङ्ख्या पनि पातलिँदै गएको हो । मुस्ताङ प्रशासनले यस वर्ष कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट वा दुवै खोप लगाएको कार्ड देखाए प्रवेशका लागि अनुमति दिने भएपछि रिपोर्ट नेगेटिभ भएका र दुवै खोप लगाएका व्यक्ति मुक्तिनाथ दर्शन तथा श्राद्ध गर्न कागबेनी र मुक्तिनाथ जान थालेका छन् ।

दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्डदान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

कालीगण्डकी तथा मुक्तिनाथ क्षेत्रका जानकार स्वामी ऋषि प्रपन्नाचार्यका अनुसार तीर्थस्थलमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्र श्राद्धमा मुक्तिनाथ र कागबेनीमै पुगेर एकपटक भए पनि आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्डदान गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ धर्मावलम्बी आउने गरेका बताइन्छ ।

सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ । यसबाहेक सोह्र श्राद्ध, पितृपक्ष, कगङ्त, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिन पुकारा गरिन्छ । भाद्र शुक्ल पूर्णिमाबाट सुरू भएको यो पक्ष सोह्र श्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औँसीका दिनसम्म चल्ने गर्दछ । सोह्र श्राद्धमा श्राद्ध गर्नका लागि चितवन, नवलपुर, नवलपरासी, म्याग्दी, बागलुङलगायत विभिन्न जिल्लाबाट भक्तजन आउन थालेका कागबेनीबाट कृष्णप्रसाद शर्मा (सापकोटा)ले जानकारी दिए । उनका अनुसार सोह्र श्राद्ध सुरु भएसँगै कागबेनीमा चहलपहल पनि बढेको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,६,बुधबार ०८:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ताप्लेजुङ । ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुकसुरु भएको छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी

तम्घास । गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोप्नुभयो । उक्त धान

खोटाङ । जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत÷प्रेत

घोराही । सामुहिक बलात्कारको भिडियो बनाउने तीन जना पक्राउ परेका छन् । महिलालाई प्रलोभन र प्रभावमापारी प्रेम गरेको नाटक गरेर

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९
एक वर्षपछि घर निर्माणका लागि सम्झौता
 २०७८,कार्तिक,८,सोमवार ०८:०४