८ कार्तिक २०७८, सोमवार

कांग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्री छनौट बारे छलफल हुने

२०७८,आश्विन,६,बुधबार ०७:५०


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक बुधवार दिउँसो ३ बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेगरी बोलाइएको हो ।

पदाधिकारी बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको सम्बन्धमा छलफल गर्ने जनाइएको छ ।

मन्त्रीपरिषद् बिस्तार गर्ने विषयमा मंगलवार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने गठबन्धनमा सहमती जुटेसँगै प्रधानमन्त्री देउवाले कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा प्रस्ताव गरेका थिए । देउवाले सो प्रस्ताव पदाधिकारी बैठकमा पनि राख्ने र तत्काल मन्त्रिपरिषद् बिस्तार गर्ने स्रोतले जानकारी दियो ।

प्रकाशित मिति: २०७८,आश्विन,६,बुधबार ०७:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

श्वास प्रश्वास सम्बन्धी देखिने एलर्जीक राइनाइटिसको समस्या अहिले बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । वायुमण्डलमा भएका विभिन्न किसिमका प्रदूषण देखि

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण

ताजा समाचार

थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९
एक वर्षपछि घर निर्माणका लागि सम्झौता
 २०७८,कार्तिक,८,सोमवार ०८:०४
विद्यार्थी खोज्दै विद्यालय
 २०७८,कार्तिक,८,सोमवार ०७:५४
धानबालीमा सवा आठ अर्बको क्षति
 २०७८,कार्तिक,८,सोमवार ०७:३७
हेर्नुहोस् आजको राशिफल
 २०७८,कार्तिक,८,सोमवार ०७:३२