पर्वतीय उडान पुनः सुरु

लोकपथ
84
Shares

काठमाडौं । कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ ।

कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन् । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदैआएको छ ।

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले हरेक शनिवार पर्वतीय उडान सञ्चालन गरिने आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । कम्पनीका अनुसार नौ हजार ९९९ रुपैयाँमा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको छ । पर्वतीय उडानमा ठूला जहाज (एटीआर) जहाजको प्रयोग गरिनेछ । सोही कारण एक यात्रु झ्यालतर्फ पर्ने छन् भने अर्को यात्रुसँगैको सिटमा बसेर यात्रा गर्न सक्नेछन् ।

निजी क्षेत्रकै अर्को अग्रणी वायुसेवा प्रदायक यती एयरलाइन्सले पनि शनिवार र आइतवार पर्वतीय उडान गर्ने भएको छ । कम्पनीले आठ हजार ८४८ रुपैयाँमा दुई वटा टिकट बिक्री गर्नेछ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक घण्टाको पर्वतीय उडान हुन्छ । शरद ऋतु सुरु भएसँगै नजिकिएको दशैँ, तिहारलगायत चार्ड पर्वलाई लक्षित गरी वायुसेवा प्रदायकले पर्वतीय उडान सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?