नेपाल खेलकुद महासंघको पदाधिकारी बैठक सम्पन्न, यस्तो छ निर्णय

लोकपथ
2.3k
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघ(नेकोस)को केन्द्रीय पदाधिकारी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

महासंघको मंगलवार काठमाडौंमा बसेको बैठकले नेकपा एमालेको विधान महाधिवेशनमा महासंघबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि चयन गरेको छ । त्यस्तै महासंघको केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी उपमहासचिव रामकृष्ण खड्का र प्रचार प्रमुखको जिम्मेवारी महासंघको सचिव उमेश केसीलाई दिने निर्णय गरेको छ ।

बैठकले महासंघ स्थापना दिवसको सन्दर्भमा मेचि–महाकाली राष्ट्रिय खेल जागरण अभियान सञ्चालन गर्ने, राष्ट्रिय खेल नीतिको लागि प्रस्ताव तयार गर्ने, अन्तर्राष्ट्रिय आवद्धता र सहकार्य गर्ने समेत निर्णय गरेको प्रचार विभाग प्रमुख उमेश केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?