काठमाडौं । सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै कोभिड–१९ सङ्कट व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने पनि आजको मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
प्रवक्ता कार्कीका अनुसार सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किमि र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ किमि सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने निर्णय भएको छ।
त्यसैगरी कोभिड–१९ व्यवस्था २०७८ स्वीकृत गर्ने सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको ७६औँ महासङ्घको सभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने पनि सरकारले निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया