काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समूह बनाइएको बताए ।
त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरुलाई शपथ गराइएको पनि उनले जानकारी दिए । पार्टीको बैठक भोलि (बुधवार) पनि बस्ने बताइएको छ। भोलिको बैठकले समसामयिक प्रस्ताव परि गर्ने, कार्यविभाजन गर्ने खतिवडाको भनाइ छ । तीन महिने अभियान चलाएर गरिने योजना रहेको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया