सेबोनका अध्यक्षमाथिको छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायो

लोकपथ
39
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले अर्थमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाएका हुन् ।

ढुंगानामाथि सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा गैरकानुनीरुपमा खरिद गरेको आरोप छ । सो विषयमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेस गरेको हो ।

जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?