नेपालमा कोरोना : संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी (तथ्यांकसहित)

लोकपथ
273
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ हजार ८ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

देशभर कुल १३ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा १ हजार ३६ जनाको पीसीआर पोजेटिभ र २ सय ९४ जनाको एन्टिजेन पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७५ हजार ९ सय ५९ पुगेको छ ।

त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५४ हजार पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

मन्त्रालय अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ५३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणको कारण थप ५ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा कमी आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमी आएको छ । हाल नेपालमा २१ हजार ५ सय २४ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?