चीनसँग राष्ट्रिय स्तरमा सम्बन्ध विकास भएको क्षण

लोकपथ
156
Shares

नेपाल र चीनबीचको सम्बन्ध प्राचीन समयदेखि भए पनि समकक्षीको हैसियत भने सन् १९५९ मा तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य र सन् १९६० मा विश्वेश्वरप्रसाद कोइरालाको भ्रमणपछि भएको मानिन्छ ।

यसअघि सांस्कृतिक रूपमा रहेका सम्बन्धलाई यी दुई प्रधानमन्त्रीले राष्ट्रियस्तरमा परिणत गर्न सफल भएका थिए । यो भ्रमणको क्रममा नेपाल र चीनबीच रहेको सीमा समस्यालाई समाधान गरिएको थियो ।

चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाइको नेपाल भ्रमण क्रममा स्वागत गर्दै नेपालका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ।

चीन भ्रमणको क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङसँग प्रधानमन्त्रीपत्नी सुशीला कोइराला ।

तस्बिर सौजन्यः वीपी सङ्ग्रहालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?