पारस र दीपेन्द्र सिंहले ईपीएल नखेल्ने

लोकपथ
247
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।

ईपीएलले मंगलबार सार्वजनिक गरेको ईपीएल खेल्ने खेलाडी सूचीमा विराटनगर वारिवर्समा आबद्ध पारस परेका छैनन् ।

पारसले दुई महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

यस्तै नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ईपीएल नखेल्ने भएका छन् । दीपेन्द्रले भने चोटको कारण नखेल्ने भएका हुन् ।

चौथो संस्करणको ईपीएल शनिबारबाट सुरु हुँदै छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आयोजना हुने ईपीएलमा ६ सहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?