जम्मू कश्मीरमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटना, दुई जना घाइते

लोकपथ
312
Shares

काठमाडौं । जम्मू कश्मीरको पटनीटप क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको छ। मंगलबार बिहान नाग देवता मन्दिरको माथि शिवगढको जंगलमा हेलिकोप्टर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । घटनाबारे जानकारी पाउनासाथ एम्बुलेन्स र दमकलको टोली घटनास्थलमा पुगेको छ ।

दुर्घटनाग्रस्त हेलिकोप्टर सेनाको भएको बताइएको छ। घटनाको कारण उक्त क्षेत्रमा भइरहेको भारी वर्षा र कुहिरो बताइएको छ। अहिले उद्धार कार्य जारी छ। घटनामा दुई जना पाइलट घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल लगिएको छ।

स्रोतहरुका अनुसार घाइते पाइलटहरु मध्ये एक जना गम्भीर घाइते भएका छन् र उनको अवस्था चिन्ताजनक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?