एसको पहिलो केन्द्रीय कमिटी बैठक बस्यो, के के छन् एजेण्डाहरु ?

लोकपथ
52
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक काठमाडौंमा बसेको छ । एमालेसँग छुट्टिएर एकीकृत समाजवादी भएसँगै पार्टीको पहिलो बैठक मंगलबार बसेको हो ।

काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बसेको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, पार्टीका विभाग, जनवर्गीय संगठन तथा देशभर संगठन विस्तारको विषयमा छलफल हुने एजेण्डाहरु रहेको बताइएको छ ।

त्यस्तै आजको बैठकमा नेताहरुको जिम्मेवारी हेरफेर गर्ने तथा नयाँ जिम्मेवारी तोक्ने विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?