सेयर बजारमा रौनकता फर्कियो, लगानीकर्तालाई राहत

लोकपथ
156
Shares

काठमाडौं । आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजार आज दोहोरो बढेको हो । सेयर बजार बढेसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् ।

कारोबार सुरु भएसँगै व्यापक उतारचढाव आएको बजारमा बन्द हुँदासम्म १३ अंकले बढेको हो । लामो समयसम्म बजार घट्दा लगानीकर्ताहरु आत्तिएका थिए । आज बजार बढ्दा लगानीकर्ताहरुलाई थोरै भए पनि राहत मिलेको छ ।

आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.८३ अंकले बढेर २७१२.०७ बिन्दुमा पुगेको छ । आज नेप्से ०.५१ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक २.३६ अंकले बढेर २.३६ बिन्दुमा पुगेको छ ।

आज कुल २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर खरिदबिक्री गर्दा ८ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा ९ वटा उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी ४ वटा समूहको सेयरमूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?