८ कार्तिक २०७८, सोमवार

यमनको मारिब प्रान्तमा आक्रमण : ३० जना हुथी विद्रोहीको मृत्यु

२०७८,आश्विन,५,मंगलवार १५:०३


काठमाडौं । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा सोमबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको सरकारी सेनाले सोमबार जानकारी दिएका छन् ।

साउदी अरेबियाको नेतृत्वमा रहेको यमनी सेनाले उक्त क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो । उक्त हवाई आक्रमणमा ३० जना भन्दा बढी हुथी विद्रोही मारिएको बताइएको छ । उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

  • एजेन्सी

प्रकाशित मिति: २०७८,आश्विन,५,मंगलवार १५:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । किर्गिजस्तानमा अमेरिकी सैन्य अखडा नरहने राष्ट्रपति सदिर झापारोभले शनिबार बताएका छन् । ‘हामीसँग कान्ट सहरमा रुसी बेस छ।

काठमाडौं । उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । स्थानीयहरुले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् ।

रुस । रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । रुसमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९
एक वर्षपछि घर निर्माणका लागि सम्झौता
 २०७८,कार्तिक,८,सोमवार ०८:०४