राष्ट्रिय सभामा सभामुख सापकोटाको राजीनामा माग

लोकपथ
377
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरेका छन् ।

मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गरेका हुन् । बैठक सुरु हुनासाथ सदा झैं एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।

त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए । त्यसपछि बोल्न सुरु गरेका भएका सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ जना सांसदहरुलाई कारबाही गरेको सिफारिस अनुसार उनीहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोप समेत लगाए । उनले भने, ‘हामी सोध्न चाहन्छांैं–कुनै पनि व्यक्ति आफ्नो कुर्सीमा बसीसकेपछि मर्यादा कसैले पनि उलंघन गर्नहुन्न । त्यो कुर्सीको गरिमालाई जोगाउनु चाँही पर्छ । यदि कुसीको गरिमालाई जोगाउन सकिन्न भने त्यो कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने त्यस्तो व्यक्ति कुर्सीमा बस्न लायक हुँदैन र हामीले भनिराखेका छौं । तत्काल उहाँले निकास दिनुपर्छ भनिरहेका छौं । त्यो भनेको राजीनामा हो । आज नेपालमा चाँही सदनदेखि सडकसम्म यो कुरा उठिरहेको छ । विश्वले के भनेको होला । आज कोईसन उठिरहेको छ । गैर सांसदलाई सदनमा राखेर विधेयकहरु ल्याईन्छन । गैर सांसदहरुलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यो सदनको त्यो संविधानको रक्षा भएको कि भएन ?’

सांसद श्रेष्ठले गैर सांसदहरुलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यसले त्यो संसदको र संविधानको रक्षा हुन्छ कि हुँदैन ? भनि प्रश्न समेत गरे । उनले संविधान विपरित, संसदको मर्यादा विपरित आफ्नो दलले कारबाही गरेर १४ जना सांसदहरुलाई सभामुख सापकोटाले पदमुक्त नगरेसम्म राष्ट्रियसभा पनि चल्न दिने अवस्थामा आफ्ना पार्टी नरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?